Sat. Apr 20th, 2019

१२ अर्ब डलरमा टर्कीले बनायो विश्वकै सबैभन्दा ठूलो विमानस्थल [फोटोफिचर]

टर्की  आफ्नो ९५‌‍‍‍औँ स्थापना दिवसको अवसर पारेर विश्वकै सभैभन्दा ठूलो विमानस्थल आंशिक रुपमा सञ्चालनमा ल्याएको छ ।

राष्ट्रपति टेयिप एर्डोगानले मुलुकको ९५ औँ स्थापना दिवसको अवसर पारेर गत सोमबार यो विमानस्थलको उद्घाटन गरेका हुन् ।

करिब १२ बिलियन(१२ अर्ब) डलरमा यो विमानस्थलन निर्माण सम्पन्न भएको सीएनएनले जनाएको छ । आगामी डिसेम्बरबाट पूर्ण रुपमा सञ्चालनमा आउने यो विमानस्थललाई निकट भविष्यमा विश्वकै सबैभन्दा व्यस्त विमानस्थल हुने विश्वास गरिएको छ ।

७ करोड ६५ लाख वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो विमानस्थलबाट दैनिक दुई लाख यात्रुहरु आवातजावत गर्न सक्ने टर्किस अधिकारीहरुले बताएका छन् ।

विमानस्थलको टलिप आकारको कन्ट्रोल टावारले सन्-२०१६मा बर्लिनमा भएको विश्व अर्किटेक्चरल फेस्टिभलमा ‘फ्यूचर प्रोजेक्ट-इन्फ्रास्ट्रकचर’ पुरस्कार जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *