Thu. Jun 20th, 2019

विश्वका तीव्र वृद्धिका सहरः धेरै जसो भारतीय

आर्थिक वृद्धिको मामिलामा शीर्ष १० को सूचीमा सबै सहर भारतबाट परेका छन् । यो मामिलामा आगामी २ दसकसम्मको अवधिमा भारतको बर्चश्व कायम रहने अक्फोर्ड इकोनोमिक्सले जनाएको छ ।
पश्चिमी राज्य गुजरातमा रहेको हिरा प्रशोधन गर्ने र यसको कारोबारको केन्द्रमा रहेको सुरत २०३५ सम्ममा तीव्र विस्तारको सहर हुने छ । यो सहरले औसतमा ९ प्रतिशत भन्दा बढीको वृद्धि हासिल गर्ने अक्सफोर्डको विश्वव्यापी सहरको अनुसन्धानका प्रमुख रिचार्ड हल्टले बताए । यो अवधिमा तीव्र वृद्धिको सबै शीर्ष १० मा भारतीय सहरहरु पर्ने पनि उनले बताए ।

यद्यपि यी भारतीय सहरहरुको आर्थिक उत्पादन भने विश्वका ठूला महानगरको तुलनामा थोरै हुनेछ । आगामी २०२७ सम्ममा एसियाली सहरहरुको कुल गाहर््स्थ्य उत्पादनले उत्तर अमेरिकी र युरोपेली सहरी केन्द्रको संयुक्त उत्पादनलाई उछिन्ने छ । ठूला चिनियाँ सहरहरुको विशाल योगदानका कारण आगामी २०३५ सम्ममा यो १७ प्रतिशतले बढी हुनेछ ।
विश्वकै ठूला सहरहरुको शीर्ष स्थानमा पनि हाल र २०३५ मा केही मात्र परिवर्तन हुनेछ । सांघाई र बेइजिङ प्रत्येकमा २ करोड भन्दा बढी मानिसको बसोबासका कारण आफ्नो स्थान जोगाउनका लागि न्यूयोर्क, टोकियो, लस एन्जलस र लन्डनले संघर्ष गर्नु पर्ने देखिएको छ । यी दुई सहरहरुले पेरिस र शिकागोलाई उछिन्ने छन् ।
शीर्ष १० ठूला सहरमा ग्वानझोउ र सेन्झेन पनि पर्नेछन् । यसले हङकङलाई उछिन्ने अपेक्षा गरिएको छ ।
तीव्र वृद्धिको अफ्रिकी सहरमा तान्जानियाको राजधानी सहर दारे सलाम पर्नेछ । युरोपको पहिलो स्थानमा आर्मेनियाको राजधानी सहर येरेभान पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

1
Beihai China
10.58
2
Ghaziabad India
5.20
3
Sana’a Yemen
5.00
4
Surat India
4.99
5
Kabul Afghanistan
4.74
6
Bamako Mali
4.45
7
Lagos Nigeria
4.44
8
Faridabad India
4.44
9
Dar es Salaam Tanzania
4.39
10
Chittagong Bangladesh
4.29

Leave a Reply

Your email address will not be published. Required fields are marked *