Sat. Apr 20th, 2019

विद्युतीय सवारीको उज्जल भविष्य

काठमाडौँ — ससाना बिजुलीका ‘हाइब्रिड’ कार त राजधानी काठमाडौंमा गुडेकै थिए । अब भने बस पनि चल्ने भएछ । खासगरी भारतीय नाकाबन्दीमा इन्धनको हाहाकार भएपछि उपेक्षित यस्ता विद्युतीय मोटरसाइकल तथा कारप्रति धेरैको ध्यान गएको हो ।

 

तर हामीकहाँ यसको भन्सार दर धेरै महँगो भएर अन्य साधनको तुलनामा खासै फरक नभएको तथा चार्जिङ स्टेसन अभाव तथा यी साधनको प्रयोग काठमाडौंकै सडकमा पनि सबै ठाउँमा गर्न गार्‍हो भएकोले यसले बजार नपाएको हो । यस्ता साधनको सुरु लागत बढे पनि पछि सस्तो पर्छ । तर आम उपभोक्तालाई तत्काल चाहिने लाभ तथा सुविधा यसले दिन नसक्ने हुँदा यसको महत्त्व भएर पनि अधिकतम उपभोग हुन सकेन । यसमा सबैभन्दा पहिले राज्य सञ्चालन गर्नेको ध्यान पुग्न जरुरी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुन फुटाएर हरिहर भवनदेखि सिंहदरबार हुइँकिँदैमा वा भविष्यमा वातावरण दिवसको दिन राष्ट्रपतिले एक दिन चढ्दैमा यसको व्यापक प्रयोग हुने होइन । उनी आफैंले एउटा साधन प्रयोग गर्न जरुरी छ । सधैं सम्भव नभए पनि अलि फुर्सद भएको दिन बालुवाटारदेखि सिंहदरबार प्रयोग गुर्नपर्छ । वरिपरि लावालस्कर प्रयोग हुने साधनमध्ये एउटा भए पनि यस्तै साधन होस् । हरेक मन्त्रालय, विभाग तथा महाशाखाले तत्कालका लागि कम्तीमा १/१ बिजुली सवारी साधन प्रयोग गरून् । वातावरण मन्त्रालयका सबै कर्मचारीलाई कम्तीमा कार्यालय आउँदा यस्ता साधन चढ्न अनिवार्य गरौं । विद्युत् प्राधिकरणका फिल्डमा खट्नेबाहेक कार्यालय कर्मचारी ओसार्न तथा प्रयोग गर्न यी साधनमा जोड दिऔं । सहरका स्वास्थ्य तथा शिक्षण संस्थाका प्रमुखलाई चढ्न प्रोत्साहन गरौं । यसमा भइरहेको विद्यमान भन्सारलाई सकिन्छ भने १ वर्ष नाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *